चीनमा यात्रुवाहक विमान दुर्घटना, विमानमा १३३ जना यात्रु सवार थिए

दक्षिणपश्चिम चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यो यात्रु विमानमा १३३ जना यात्रु  सवार थिए । चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ। सीसीटीभी रिपोर्टका अनुसार यात्रुवाहक  ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना भएको ठाउँ पहाडमा आगो देखिएको छ । […]