नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा सुरु

ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ। नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोपबहादुर अधिकारीलाई बीमा पर्चा प्रदान गरी स्वास्थ्य बीमा सेवाको उद्घाटन गरेका...

सम्बन्धित सामग्री

घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा कार्यक्रम

घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बिमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।

गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै

बागलुङ– गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् । नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै […]

स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।

स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल

कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।

दक्षिणकालीमा सञ्चालनमा आयो १५ शय्याको नगर अस्पताल

अस्पताल उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताए।

गाउँमै सहज स्वास्थ्य सेवा, विशेषज्ञ सेवा लिन पुग्नु पर्दैन शहर

बागलुङ : गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्। नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर, नागरिकको विश्वास नहुँदा गलकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे। पछिल्लो केही महिनायता गलकोट बाहिर जानेको संख्या कम भएको छ। पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित

काठमाडौँ – सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा एक सय ९३ जना महिलाले लाभ लिएका छन् । ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा ईश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलबासको समन्वयमा परिवार नियोजन […]

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो । बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रवार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौं, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन १८ करोड बजेट विनियोजन गरिएको छ ।      ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले बताएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झन्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग संकलन समेत भइरहेको छ,’ उनले भने । रासस

दश श्ययाको नगर अस्पताल सञ्चालन

फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।          वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलो पटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।           अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो ।