म सधैं कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

२० पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए । ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र […]

सम्बन्धित सामग्री

पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भेटे मेयर बालेन

३१ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग भेट गर्दै काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए । ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर […]

खेल कर्मबाहेक हिजोआज छोरीको स्याहारमा धेरै समय बिताउँछु : ज्ञानेन्द्र मल्ल

६ माघ, काठमाडौं । ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान हुन् । सन् २००६ देखि  राष्ट्रिय क्रिकेट टीममा आबद्ध भएका मल्ल सन् २०१९ मा कप्तान भएका थिए । दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर मल्ल खेल बाहेक यात्रा गर्न र खाना बनाउन एकदमै रुचाउँछन् । उनै क्रिकेटर ज्ञानेन्द्र मल्लको दिनचर्या कसरी बित्छ ? उनका रुचिहरु […]

सधैंका लागि कप्तान बन्छु भनेर आएको हैन : ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्छु भनेर नआएको बताएका छन्। पूर्वकप्तानसमेत रहेका मल्लले बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको...

प्रशिक्षणमा सहभागी हुन खेलाडी तयार, सन्दीप नै कप्तान

नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ ।  यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो। छलफलमा  तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र  उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ।  यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ । छलफलमा क...

आफुलाई कप्तानबाट हटाइएपछि पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट आफुलाई हटाइएपछि ज्ञानेन्द्र मल्ल र कारबाहीमा परेका बाँकी ३ जना खेलाडीले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। नेपाल क्रिकेट संघ-क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो। सोमपाल कामी र कमलसिंह ऐरीमाथी पनि कारबाही भएको छ।

ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट, नेपालले तीन विकेट गुमायाे

काठमाण्डौ – पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष टोलीले अहिले ब्याटिङ गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको तेस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छ । ६९ बलमा ४५ रन बनाएका ज्ञानेन्द्र अर्धशतकबाट पाँच रनले चुके । उनी चाद सोपरको बलमा एलबीडब्ल्यू आउट भए । अहिले क्रिजमा विनोद भण्डारी आएका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख तीनतीन रनमा आउट भए । रोहित पौडेल ६१ बलमा ३३ रन बनाएर खेलिरहेका छन् ।    यसअघि पहिलाे खेलमा नेपाल दुई विकेटल...

कप्तान ज्ञानेन्द्र आउट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ। नेपालको दोस्रो विकेट नेदरल्यान्ड्सका फिलिपे बोसेभियनल नै लिए। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल बोईसेभिनले गरेको नवौं ओभरको तेस्रो बलमा पिटर सिलरमार्फत क्याच आउट भएका हुन। ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्कासहित ३३ रन बनाए।

ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट भएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले आक्रमक ब्याटिङ गर्दै २५ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल […]

कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट!

राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।