स्कटल्यान्ड र नामिबियालाई पराजित गर्न अझै मेहनत गर्नुपर्छः कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौं। जुलाई अन्तिमबाट स्पेनमा हुने विश्वकप क्रिकेट लिग–२का लागि आजबाट तयारी सुरु गरेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले स्कटल्यान्ड तथा नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्नको लागि धेरै मेहनत गर्नुपर्ने बताएका छन्। ज्ञानेन्द्रले स्कटल्यान्ड र नामिबियाको खेल हेर्दा आफूहरुले अझै धेरै मेहनत गर्नुपर्ने बताएका हुन्। ज्ञानेन्द्रले यो परीक्षणको समय भएकाले एसोसिएट राष्ट्रबाट माथि उठ्न नेपालले उनीहरुलाई पराजित गर्ने सोच राख्नुपर्ने बताए।