पुन: गृहमन्त्री नियुक्त हुँदै थापा, शपथ आजै साँझ

माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभाको सदस्यसँगै मन्त्री पदबाट पदमुक्त भएका रामबहादुर थापाले गृहमन्त्रीको हैसियतमा आइतवार पुनः शपथ लिने भएका छन् । संघीय संसद्को सदस्य नरहेमा मन्त्री पद स्वतः गुम्ने संविधानको व्यवस्था अन्तर्गत थापा पदमुक्त भएका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी भएको छ ।  ‘रामबहादुर थापाले आज गृहमन्त्रीको रूपमा शपथ गर्नुहुन्छ,’ थापाले लोकान्तरसँग भने । थापालाई उपप्रधानमन्त्री बनाउने चर्चा पनि चलेको ...

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, आजै शपथ

कास्की । एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी

पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने– कुनै सम्झौता हुँदैन

नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।  सोमबार शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लामिछानेले पदभार ग्रहण गरेका हुन् ।मन्त्री लामिछाने मन्त्रालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दावी गरे । उनले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाले

रवि लामिछाने बने गृहमन्त्री

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसँगै गृहमन्त्री बनेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीमा तीनजना नियुक्त भएका छन् । जसमा लामिछानेसहित एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नियुक्त भएका […]

श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौँ – श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्। उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।

दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री

दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।Dinesh Gunawardena appointed as New Prime Minister of Sri Lanka https://t.co/9xnZ2Jxlt4— NewsWire 🇱🇰 (@NewsWireLK) July 22, 2022

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रधानमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् ।  प्रधानमन्त्रीको उपस्थितिमा आयोगका उपाध्यक्ष पौडेलले सदस्यहरू रामकुमार फुँयाल र दिलबहादुर गुरूङलाई शपथ गराएका छन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलगायत मन्त्रीहरू सहभागी थिए ।  सरकारले मंगलवार पौडेललाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।  ...

खाँड बने गृहमन्त्री, कार्की कानुनमन्त्री, अर्थमा शर्मा, ऊर्जामा भुसाल

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। उनी पाँचौँपटक नेपालको […]

शपथ लिएको ७ दिनमै गयो ७ मन्त्रीको पद !

संघीय संसदको सदस्य नरहेका ७ मन्त्रीको पद शपथ लिएको ७ दिनमै गएको छ । सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो । संविधानको धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।  वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंक...

गृहमन्त्री बादलले सम्हाले पदभार

गृहमन्त्रीको रुपमा पुनः शपथ लिएका रामबहादुर थापा बादलले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार सम्हालेका हुन् । एमालेतिर लागेपछि माओवादीले दल त्यागको सूचना दिएपछि सांसद पद गुमाएका उनको मन्त्री पद समेत गुमेपछि ६ महिना सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था उपयोग गर्दै आजै राष्ट्रपतिबाट मन्त्री नियुक्त भएर शपथ लिएका थिए ।

थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: नियुक्त गरेका छन् ।