गृहमन्त्रीको रुपमा पुनः शपथ लिएका रामबहादुर थापा बादलले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार सम्हालेका हुन् ।
एमालेतिर लागेपछि माओवादीले दल त्यागको सूचना दिएपछि सांसद पद गुमाएका उनको मन्त्री पद समेत गुमेपछि ६ महिना सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था उपयोग गर्दै आजै राष्ट्रपतिबाट मन्त्री नियुक्त भएर शपथ लिएका थिए ।