शपथ लिएको ७ दिनमै गयो ७ मन्त्रीको पद !

संघीय संसदको सदस्य नरहेका ७ मन्त्रीको पद शपथ लिएको ७ दिनमै गएको छ । सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो । संविधानको धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।  वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंक...