पर्वत : माथिको तस्बिर पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको इलाका हुलाक कार्यालयको हो। १४÷१५ वर्षदेखि सबैका खबर ओहोरदोहोर गर्दै आएको यो हुलाक कार्यालय बिरामी परेको खबर भने कसले देख्ने। धेरै वर्ष पहिले बनेको यो घर विगतमा गाउँ विकास समितिको कार्यालयका रूपमा रहेको थियो। पछि गाविसका काम यो घरबाट हुन छाडेपछि हुलाक सेवा यहीँबाट सुरू भयो।यसै त जीर्ण बनेको घरलाई २०७२ सालको भूकम्पले धक्का दियो। त्यसयता पनि जीर्ण भएकै कारण पछाडिको भित्ता भत्किएको छ भने झ्याल खस्ने तयारीमा छ। पानी र हि