प्रदेश १ मा प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । केहीबेर अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ । एमालेले भने मंगलबार विप्लव नेतृत्वको नेकपाले देशव्यापी बन्द आह्वान गरेका कारण आफ्नो पार्टीका सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग