काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाईगाउँ चोकमा जावा मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइंकले नेपालगञ्जमा सोरुम खोलेपछि विभिन्न मोडलका जावा मोटरसाइकल खरिद गर्न सक्नेछन् । नेपालगञ्ज क्षेत्र वरपरका ग्राहकलाई कम्पनी तथा यसका सेवामा सुविधाजनक पहुँचसहित थप लाभ पुर्याउने उद्देश्यले सेवा केन्द्रसहित यो नयाँ जावा सोरुम स्थापना गरिएको अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बताए ।
कम्पनीका अनुसार नेपालगञ्ज सोरुमबाट जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् । ग्राहकले नेपालगञ्ज र वरपरका क्षेत्रमा टेस्ट राइडका लागि पहुँच प्राप्त गर्न सक्नेछन् । हाल अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ ।