सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । ‘अहिलेसम्म कुनै सहमति जुटे