युवाहरुले गरे परोहा नगरपालिका घेराउ

नगरपालिकामा कुनै सुधार नभएको र नगर प्रमुखले गरेको चुनावी प्रतिबद्धता पूरा नगरेको भन्दै नगरपालिकाका स्वतन्त्र युवाहरुको समूहले नगरपालिकालाई घेराउ गरेको हो। बुधवार केही घन्टा नगरपालिकाको मूल गेटलाई घेराउ गरेपछि स्थानीयको पनि निकै समर्थन देखिएको थियो।...

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीहरुले घेराउ गरे काठमाडौं महानगरको कार्यालय

फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनले गरे आयल निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्।...

ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्‍याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन । त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहर

विकासमा बाधा पुर्‍याएको भन्दै स्थानीयले गरे इप्रका घेराउ

विकासको काममा प्रहरीले बाधा उत्पन्न गरेको भन्दै स्थानीयवासीले रौतहटको एउटा इलाका प्रहरी कार्यालयलाई घेराउ गरेका छन्।...

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरु एकलौटी ढंगले नियुक्त गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।आइतबार लोसपा नेपालका असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले काठमाडौँस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । सो क्रममा उनीहरुले ठाकुरले गरेका एकलौटी निर्णय सच्याउनुपर्नु माग गरे का छन्। लोसपा नेपालका नेतृ विन्दु ठाकुरले अध्यक्ष ठाकुरलाई भेटेर यसबारे ध्यानाकर्षण गराउन खोजे

सत्तारुढ दलका विद्यार्थी संगठनले गरे आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलका विद्यार्थी संगठनहरूले आयल निगमको कार्यालय घेराउ गरेका छन् । उनीहरूले आयल निगमका महाप्रवन्धकविरुद्ध नाराबाजीसमेत गरे ।  संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।  अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाउने बताइन् ।

सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटी