अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग थप सहकार्यको खाँचो रहेको बताएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भर्चुअल माध्यमबाट छलफलका क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।हाल नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले निर्यात वृद्धिकै लागि पनि नेपालले एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको