धनुषा ४ मा कांग्रेसका यादवको सुरुवाती अग्रता, एमालेका महासेठ पछि परे

धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् ।

सम्बन्धित सामग्री

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […] The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

धनुषा–४ मा महेन्द्रसँग मतान्तर घटाउँदै रघुवीर महासेठ

काठमाडौं, १२ मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवसँग मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार यादव र महासेठबीच ७४७ को मतान्तर छ । यादवले २८६५७ मत ल्याउँदा उनलाई पछ्याएका महासेठले २७९१० मत प्राप्त गरेका छन् । अब मिथिला नगरपालिकाको वडा नम्बर ७ देखि ११ सम्म गणना […]

धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

काठमाडौं : धनुषा ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।

धनुषा ४ मा एमालेका महासेठले लिए झिनो अग्रता

काठमाडौंः धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २४ हजार ४८२ मत पाएका छन्। यस्तै, यादवले २४ हजार ४४८ मतका साथ पछ्याइरहेका छन्।

धनुषा-४ मा कडा प्रतिष्पर्धा : महासेठभन्दा यादव ८ मतले अगाडि

काठमाडौं, ८ मंसिर । धनुषा ४ मा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । कांग्रेसका महेन्द्र यादव यतिवेला ८ मतले अगाडि छन् । उनले ९२८४ मत ल्याएर झिनो अग्रता कायम गरेका छन् । एमालेका रघुवीर महासेठले भने ९२७६ मत ल्याएका छन् । मतगणनामा सुरुवातदेखि नै महासेठ र यादवबीच कडा प्रतिष्पर्धा छ । […]

धनुषा ४ को मतगणना सुरु

धनुषा :  धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु  भएको छ। धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दङ्गालले निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिमा नबस्ने सहमति भएसँगै  मतगणना सुरू भएको हो।उनले प्रदेश क बाट मतगणना सुरू गरिएको अहिले जनकपुर १३ को बाकस खोलेर मतपत्र मिलाउने काम भइरहेको छ।

कांग्रेस सहमहामन्त्री यादवले दिए धनुषा–४ बाट उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनीसँगै प्रदेशसभातर्फ क्षेत्र नम्बर ४ (क) बाट शेष नारायण यादव र (ख) बाट नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनबाट उनी साझा उम्मेदवार हुन्। उनीविरुद्ध नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी(जसपा) नेपालबाट महाजन यादवले उम्मेदवारी […]