मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

सम्बन्धित सामग्री

एमाले हेटौँडा नगरको अध्यक्षमा कार्की विजयी

मकवानपुर - नेकपा(एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले ...

एमाले काभ्रे अध्यक्षमा राजन भुर्तेल विजयी : RajdhaniDaily.com

RajdhaniDaily.com | मकवानपुर । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्। बुधबार अबेर सम्पन्न मतदा सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित -

मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु निर्वाचित

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार रहेका कालाखेतीले ९३१६ मत पाउँदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले भने ४९७० मत पाउनु भयाे ।  ६४७० मतसहित नेकपा माओवादी के...

मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा मल्ल विजयी

मकवानपुर जिल्लाको उत्तरी विकट एवं दुर्गम क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा मल्ल विजयी भएको निर्वाचन कार्यालय राक्सिराङले जनाएको छ ।कार्यालयको सार्वजनिक मत परिणामअनुसार पाँच हजार ४८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । सो गाउँपालिकाका अध्यक्ष पदका अर्का प्रत्यासी एवं निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बावुलाल स्याङ्तानले चार हजार ५७२ मत प्राप्त गरेक

मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि भीमफेदीमा अध्यक्षमा उहाँ विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गर्नुभयो भने स्याङ्तानले ५२०९ मत प्राप्त गर्नुभयो। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका  सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ...

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत ल्याउनुभयो । एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याउर विजयी हुनुभयो। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याउनुभएको छ ।

मकवानपुरका कुन वडामा कुन दल विजयी ?

मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जित दर्ता गरेको छ । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गर्नुभयाे । कांग्रेसका उम्मेदवार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी हुनुभएकाे छ । वडा अध्यक्षमा घिसिङले ४ सय...

मकवानपुर : इन्द्रसरोवर – १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मकवानपुर –  मकवानपुरको मतगणनामा वडा अध्यक्ष तर्फ कांग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएसँगै यहाँबाट कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।  मतगणना अनुसार यस वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भन...

जिल्ला फुटबल संघको अध्यक्षमा लामा निर्वाचित

१० वैशाख, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनमा लामाले मनिष श्रेष्ठलाई १० मतले हराए ।  लामाले १९  र श्रेष्ठले ९ मत पाए । यस्तै उपाध्यक्षमा अरुण बल (२३ मत), युवराज लामा (२१ मत) र अजय मानन्धर (१८ मत) विजयी भए । उपाध्यक्षमा […]

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

हेटौंडा : मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन्। उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भएका हुन्। न्यौपानेले भने १ हजार १५५ मत प्राप्त गरेका थिए । उनी ९१ मत अन्तरले पराजित भए। अध्यक्ष पदका लागि वाणिज्यको एक हजार पाँच सय १५ मत, उद्योगको ७ सय ५३ मत, एशोसियटको एक सय १६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४ सय १५ मत खसेको थियो।निर्वाचनमा कडा प्रतिस्पर्धाका साथ गुप्ता र न्यौपानेको भिडन्त देखिएको थियो। नेपा