मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि भीमफेदीमा अध्यक्षमा उहाँ विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गर्नुभयो भने स्याङ्तानले ५२०९ मत प्राप्त गर्नुभयो। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका  सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ...

सम्बन्धित सामग्री

मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?

हेटौंडा : मकवानपुरको १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका…

मकवानपुरका इन्द्रसरोवर र भीमफेदीमा एमाले विजयी

बागमती । स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरका दशओटा स्थानीय तहमध्ये दुईओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए । यस गाउँपालिकाका पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमाले दुईओटा वडामा मात्र जित हात पार्न सफल भयो । त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिकाको प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । सोमवार बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामा पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् । रासस

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा  नेकपा (एमाले) का उम्मेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी

काठमाडौं, २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेद्धवार हिदम लामा ५५९१ मत ल्याई विजयी भएका हुन् । उनीसँग नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तान पराजित भएका छन् । स्याङ्तानले ५२०९ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठले जितेका छन् । उनले ५३१५ मत ल्याए […]