मकवानपुर जिल्लाको उत्तरी विकट एवं दुर्गम क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा मल्ल विजयी भएको निर्वाचन कार्यालय राक्सिराङले जनाएको छ ।कार्यालयको सार्वजनिक मत परिणामअनुसार पाँच हजार ४८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । सो गाउँपालिकाका अध्यक्ष पदका अर्का प्रत्यासी एवं निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बावुलाल स्याङ्तानले चार हजार ५७२ मत प्राप्त गरेक