प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए ।योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि आफ्नो पक्षमा आउन सहयोग पुग्ने ओलीको विश्वास थियो । तर, विहीबार मन्त्रीहरुको नाम घोषणा हुँदा माधव पक्षका गणेश पहाडीको