कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले गण्डकी प्रदेशलाई नाै विकेटले पराजित गरेको छ ।
आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले दिएकाे २७ रनको झिनाे लक्ष्य एपीएफले एक सय ६ बल बाँकी छँदै भेटायाे । एपीएफको जितमा सीता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले तीन बलमा दुई चौकासहित नाै रन जोडिन् । बलिङतर्फ गण्डकीकी श्रृष्टि जैशीले एक विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गरेकाे गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाएर २६...