कोरोनाले भन्दा खान नपाएर धेरै मान्छे मर्ने स्थिति नआउला भन्न सकिन्न। अब पनि हामी कृषि क्रान्ति गर्न तर्फ लाग्दैनौँ भने नेपाल र नेपालीको अवस्था एकादेशको कथा हुन धेरै समय भने लाग्दैन। त्यसैले आफ्नो अस्तित्व जोगाउनु छ भने हे कृषि प्रधान देशका नागरिक हो, किसान बनेर हेर।