एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ ।
जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।
'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस)ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ,' राईले लोकान्तरसँग भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्...