स्थानीय तहमा महिलाको प्रतिनिधित्व अघिल्लो पटकभन्दा यसपालि शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ पालिकामा निर्वाचित ३५ हजार ४५ जनप्रतिनिधिमध्ये महिला १४ हजार ४ सय ४५ जना अर्थात् ४१.०१ प्रशित रहेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २ सय २१ मध्ये ४०.७५ प्रतिशत अर्थात् १४ हजार ३ सय ५१ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।