काठमाण्डाै – चालु आर्थिक वर्षको मङ्सिर महिनामा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ ।
बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्ष...