नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाइल सदर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सरकारलाई १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।