पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन लेख्न थाल्यो

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेख्न थालेको छ । अध्ययन/अनुसन्धानको काम सकिएपछि आजदेखि प्रतिवेदन लेख्न थालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । समितिलाई दोस्रो पटक थपिएको समय आज सकिँदैछ । आज प्रतिवेदन लेखिसकेर भोलि संसद सचिवालयमा बुझाउने तयारी गरिएको सचिव अर्यालले बताउनुभयो । तर प्रतिवेदनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा पुगेका हुन् या होइनन् भन्ने बारेमा ठ्याक्कै भन्न नसक्ने देखिएको छ । अर्थ मन्त्राल...

सम्बन्धित सामग्री

संसदीय छानबिन समितिको प्रतिवेदन मान्न सकिन्नः ‌‌ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्। समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ। राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार […]

संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ।शुक्रबार बसेको संसद्‌को दोस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले समितिका ज्येष्ठ सदस्य (सभापति) लक्ष्मणलाल कर्णलाई प्रतिवेदन पेश गर्न समय दिएका थिए। सभामुखबाट समय प्राप्त भएसँगै सभापति कर्णले प्रतिवेदन सभासमक्ष पेश गरेका हुन्।प्रतिवेदनमा सभापति कर्णले बाहिर हल्ला फिजाइए जस्तो बजेट निर्माणमा अनधिकृत व्‍यक्तिको प्रवेश भएको कुरा पुष्टि नभएको कुरा बताएका

बजेट प्रकरण : यस्तो छ संसदीय छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो। समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो। (हेर्नुहोस् प्रतिवेदनको पू

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस (पूर्ण पाठसहित)

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गरेका हुन् । बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर […]

संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गर्दैछ।शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी

अर्थमन्त्री बारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ।अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको सांसदहरुले माग गरेका छन्।प्रहरीले नागढुङ्गाबाट १३५ बोरा अवैध रासायनिक मल बरामद गरेको छ।नेप्से परिसूचक १२.९२ अङ्कले बढेको छ र दमौली अस्पतालमा सात जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तयार

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको अभियोग छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन भोलि सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।  चालू आर्थिक वर्षको बजेट बनाउने क्रममा करका...

संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेखनलाई आज अन्तिम रूप दिने

काठमाडौं : बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ। आज राति अबेरसम्म प्रतिवेदनको काम सकेर भोलि बुझाउने समितिले तयारी गरेको  समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ। त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने

संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।उनले प्रतिवेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ ।

बजेट प्रकरण छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्न सुरू गरेको छ।...