काठमाडौं : बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ। आज राति अबेरसम्म प्रतिवेदनको काम सकेर भोलि बुझाउने समितिले तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ। त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने