बीमाको जनशक्ति विकासमा अनुसन्धान र सहकार्यको खाँचो

काठमाडौं । बीमाक्षेत्रमा जनशक्ति विकासका लागि शैक्षिक क्षेत्र र बीमाक्षेत्रबीच ठोस सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । एकातिर बीमा उद्योगले आवश्यकता अनुसार जनशक्ति पाउन नसक्ने, अर्कोतिर शैक्षिक बेरोजगारी बढ्नुमा आपसी तालमेल र सहकार्यको अभाव कारक रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘इन्डस्ट्री एकेडेमिया लाइलग’ कार्यक्रमका सहभागीहरूले बताएका हुन् । यसका लागि शैक्षिक क्षेत्रले बजार माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने र बीमाक्षेत्रले यसमा प्रोत्साहन गर्नुपर्नेमा खाँचो औंल्याइएको छ । कार्यक्रममा नेपाल रीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले मावन संसाधन विकासमा बीमाक्षेत्र र शैक्षिक क्षेत्रका चुनौती पहिल्याएर अघि बढ्ने अभियानको थालनीस्वरूप संवाद कार्यक्रम आयोजना गरिएको बताए । बीमाक्षेत्रमा जनशक्तिको अभाव, ‘मिसम्याच’ जस्ता समस्या समाधानका लागि नेपाल रीले अनुसन्धान तथा विकास विभाग नै खडा गरेको भन्दै उनले अनुसन्धानको काममा बीमाका अन्य सरोकारवालाहरूले पनि जिम्मेवारी लिनुपर्ने औंल्याए । कार्यक्रममा बीमाक्षेत्रको तर्फबाट प्रस्तुति दिँदै बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको सन्दर्भमा बीमक र बीमितबीच नै ठूलो खाडल रहेको बताए । तर यसमा एक क्षेत्रले अर्कोलाई दोषी देख्ने प्रवृत्ति रहेको उनले औंल्याए । दुई क्षेत्रबीचको अन्तर नघटेसम्म बीमाको दिगो वृद्धि र विकास हुन नसक्ने उनको भनाइ छ । कार्यक्रममा युनिग्लोब कलेजका प्राचार्य डा. नरबहादुर विष्टले बीमा क्षेत्रको दायरा ठूलो भएर पनि विद्यार्थी आउन नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए । ‘इन्डस्ट्री र एकेडेमिया आआफ्नै ढंगले चल्ने गरेकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने । कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालयका डीनहरूले समस्या र चुनौती दुवै क्षेत्रमा रहेको भन्दै यसको निकासका लागि आपसी सहकार्य र समझदारी हुनुपर्नेमा जोड दिएका थिए । सहभागी वक्ताहरूले सबै विश्वविद्यालयको व्यवस्थापन कोर्स एकै प्रकृतिको रहेको र नयाँ कार्यक्रम आउन नसक्दा शैक्षिक बेरोजगारी बढाएको बताए । कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले हाल बीमा क्षेत्रको जनशक्तिका लागि धेरै लगानी गर्नुपर्ने अवस्था रहेको बताए । आवश्यकता अनुसार जनशक्ति विकास नहुँदा एकबाट अर्कोमा स्थानान्तरण मात्र भइरहेको उनको भनाइ छ । यस्तै नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा क्षेत्रलाई आवश्यक पर्ने मानव संसाधन विकासमा लगानी गर्न बीमा उद्योग सधैं तयार रहेको बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयहरूसँग हातेमालो गरेर अघि बढ्ने बताए । बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले इन्डस्ट्री र एकेडेमियाबीचको अन्तर हटाउँदै बीमा क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले समय र आवश्यकता अनुसारको मानव संसाधन विकासका लागि विश्वविद्यालयहरूले आफ्ना शैक्षिक कार्यक्रममा पुनरवलोकन गर्नुपर्ने बेला आएको बताए । कार्यक्रम समापन गर्दै नेपाल री इन्स्योरेन्सका अध्यक्ष डा. रवीन्द्र घिमिरेले संस्थाले आयोजना गरेको उक्त कार्यक्रम बीमा र शिक्षाक्षेत्रबीच संवाद एवं सहकार्य थालनीको सूत्र भएको बताए । यस क्षेत्रको समस्या, माग, आवश्यकता र अपेक्षा परिपूर्तिका लागि अन्तर–समन्वय अपरिहार्य हुने उनको भनाइ थियो ।

सम्बन्धित सामग्री

डेढ करोडको अनुसन्धान गर्दै राजश्व कार्यालय

नेपालगञ्ज – राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जमा प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाँको अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धान र कारबाहीका लागि एक करोड ५६ लाख १८ हजार तीन सय रुपैयाँसहित आठ जनालाई पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो। जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पक्राउ गरिएका व्यक्ति र रकम राजश्व अनुसन्धान […]

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।...

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै …

एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान सुरु

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै […]

मंकीपक्स भाइरसबारे अनुसन्धान हुने

काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबारे अनुसन्धान हुने भएको छ। विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्वास्थ्य अनुसन्धान परिषद्ले सो अनुसन्धान गर्न लागेको हो।परिषद्‍का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले पछिल्लो समय मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा नेपालमा संक्रमण देखिनासाथ अनुसन्धान थाल्ने गरी तयारी भएको बताए।‘हुन त हाम्रोमा हालसम्म यो मंकीपक्स भाइरस संक्रमण देखिएको छैन तर संक्रमण देखिनासाथ यसबारे अनुसन्धान गर्नुपर्छ भनेर तयारी गरेका छौँ, जसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति&nb

सकियो पलविरुद्धको अनुसन्धान

काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्धको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा […]

गोठाला र सहयोगीले धानेका अनुसन्धान केन्द्र

जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने […]

वैज्ञानिकविहीन जुम्लाका चार अनुसन्धान केन्द्र

जुम्ला–जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना […]

राष्ट्रिय अनुसन्धान विभागमा खरेल

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ ।बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने […]

अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ । गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो ।  गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात  गाउँपालिकाको कार्यालयबाट झिकाएको ...