आगामी स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुल मतदाता मध्ये ८९...

सम्बन्धित सामग्री

चुनावको प्रभाब पूँजीबजारमा, बढ्ने क्रमले लगातार तेस्रो दिन पनि पायो निरन्तरता

वैशाख २७, काठमाडौं । गत साता लगातार ४ कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको तेस्रो कारोबार दिन आज (मंगलवार) ४४ दशमलव १६ अंक बढेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा परिसूूचक १ दशमलव ९५ प्रतिशतले वृद्धि भएर २ हजार ३१३ विन्दुमा बन्द भएको हो । यो साताको पहिलो कारोबार दिन आइतवार र दोस्रो कारोबार दिन लगातार परिसूूचक बढेको थियो ।  आज कारोबारमा आएका २२६ धितोपत्रको २६ हजार ५६५ पटकको कारोबारमा ३३ लाख ३० हजार १५० कित्ता १ अर्ब ३५ करोड रुपैयाँमा खरीदविक्री भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक शेयरमूल्य बढेर चार ओटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्नेमा बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिभर्सल पावर कम्पनी रहेका छन् । बरुण, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ भने यूनिभर्सल पावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।  आज सर्वाधिक शेयर खरीदविक्री ङादी ग्रुप पावरको भएको छ । यो कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर खरीदविक्री भएको छ । त्यस्तै सर्वाधिक शेयर कारोबार हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ करोड २५ लाख र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३ करोड ८२ लाखको भएको छ ।  स्थानीय निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको हो । यसअघि बजार निरन्तर ओरालो लाग्दा कतिपय लगानीकर्ताहरु आफूसँग भएका धितोपत्रहरू घाटा खाएरै सस्तो मूल्य बेच्न बाध्य भएका थिए । तर, जेठदेखि ऋणको ब्याजदर बढ्ने हल्ला चलाइएको हुँदा आगामी कारोबार दिनमा परिसूचक यही रफ्तारमा उकालो लाग्नेमा कतिपय लगानीकर्ता अन्योलमा छन् । आज कारोबारमा आएका १३ ओटै समूहको उपसूचक बढेको छ । सर्वाधिक उपसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ३ दशमलव ८० प्रतिशत बढेको छ ।

स्थानीय निर्वाचनका लागि आयोगले १ करोड ९४ लाख मतपत्र छाप्‍ने

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छाप्ने भएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारीका लागि आयोगमा सोमबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सुरु भइसकेको बताए । 'कुल २३ लहर समूहका ७७ प्रकारका १ कर...

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो झन्डै ९ अर्ब रुपैयाँ

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब ९ अर्ब रुपैयाँ मागेको छ । आयोगको सोमबारको बैठकले स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो । विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरिएको आयोगले जनाएको  । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको...