चुनावको प्रभाब पूँजीबजारमा, बढ्ने क्रमले लगातार तेस्रो दिन पनि पायो निरन्तरता

वैशाख २७, काठमाडौं । गत साता लगातार ४ कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको तेस्रो कारोबार दिन आज (मंगलवार) ४४ दशमलव १६ अंक बढेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा परिसूूचक १ दशमलव ९५ प्रतिशतले वृद्धि भएर २ हजार ३१३ विन्दुमा बन्द भएको हो । यो साताको पहिलो कारोबार दिन आइतवार र दोस्रो कारोबार दिन लगातार परिसूूचक बढेको थियो ।  आज कारोबारमा आएका २२६ धितोपत्रको २६ हजार ५६५ पटकको कारोबारमा ३३ लाख ३० हजार १५० कित्ता १ अर्ब ३५ करोड रुपैयाँमा खरीदविक्री भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक शेयरमूल्य बढेर चार ओटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्नेमा बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिभर्सल पावर कम्पनी रहेका छन् । बरुण, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ भने यूनिभर्सल पावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।  आज सर्वाधिक शेयर खरीदविक्री ङादी ग्रुप पावरको भएको छ । यो कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर खरीदविक्री भएको छ । त्यस्तै सर्वाधिक शेयर कारोबार हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ करोड २५ लाख र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३ करोड ८२ लाखको भएको छ ।  स्थानीय निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको हो । यसअघि बजार निरन्तर ओरालो लाग्दा कतिपय लगानीकर्ताहरु आफूसँग भएका धितोपत्रहरू घाटा खाएरै सस्तो मूल्य बेच्न बाध्य भएका थिए । तर, जेठदेखि ऋणको ब्याजदर बढ्ने हल्ला चलाइएको हुँदा आगामी कारोबार दिनमा परिसूचक यही रफ्तारमा उकालो लाग्नेमा कतिपय लगानीकर्ता अन्योलमा छन् । आज कारोबारमा आएका १३ ओटै समूहको उपसूचक बढेको छ । सर्वाधिक उपसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ३ दशमलव ८० प्रतिशत बढेको छ । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

काठमाडौँ, २३ साउन । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो । विभिन्न कम्पनीका दुई […]

लगातार तेस्रो दिन सेयर बजार राताम्मे

लगातार तेस्रो दिन सेयर बजार राताम्मे भएकाे छ। आज बिहीबार पनि सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ।   आज...

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।यस क्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ

३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौं, बैशाख १६ । आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा […]

लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा कम

नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो।

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

लगातार तेस्रो दिन नेप्सेमा सुधार, लगानीकर्ताको आकर्षण बिमातर्फ

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से बढेको छ । नेप्से सूचक लगातार तेस्रो दिन बढेको हो । नेप्से १२ दशमलव ५३ अंकले बढेर दुई हजार पाँच सय २० दशमलव २३ बिन्दुमा...

लगातार दोस्रो  दिन खेल स्थगित

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा […]

लगातार दोस्रो दिन घट्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज लगातार दोस्रो दिन घटेको छ। हिजो १३ अंकले घटेको नेप्से आज एक अंकले घटेको हो। यसक्रममा आज १६ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजार कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो।