धनुषामा औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ

३१ भदौ, जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो । शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप […]