काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ ।
आज मङ्गलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश एक्लै नभएर परमादेश गर्ने पाँचै जनाले राजीनामा गर्नु उपयुक्त होइन र ? भनेर प्रश्न गर्नुभएको छ ।
अदालतलाई मर्यादित र निर्विवाद बनाउनुपर्नेमा उहाँ...