काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ।
यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेश भएको थियो। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीवार छलफल भएको थियो।
छलफलपछि विधेयक मत विभाजनका आधारमा बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधेयक पारित…