काठमाण्डाै – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत 'नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक' बहुमतले पारित गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत याे विधेयक विना संशोधन बहुमतले पारित गरेको हो ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित याे विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकाेमा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो । याे विधेयक गएकाे साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित ...