शिक्षण संस्थामा मर्यादित वातावरणमा पठनपाठन सञ्चालन गर्न विभिन्न कुराले प्रत्यक्ष परोक्ष रूपमा नकारात्मक असर पारिराखेका छन् । शिक्षण संस्था सबै खाले आन्दोलनको क्रीडास्थल बनेको कारणबाट सदाचारभन्दा भ्रष्टाचार मौलाएको यथार्थता हो । शिक्षामा मौलाएको विद्यमान बेथितिलाई निराकरण गर्न कुनै एक व्यक्ति, संस्था, निकायबाट मात्र सम्भव हुँदैन । किनकि शिक्षण संस्था र शिक्षण सिकाइ क्रियाकलाप समुदायसँग प्रत्यक्ष […]