बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव।सुटुक्क अनुगमनमा आएका मेयरले गत चैतमा सञ्चालित कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका मागेपछि विद्यालयको बेथिति लुकाउने प्रयासमा अनेक बहाना सुनाउँदै थिए।बाराको जीतपुर-सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ। विद्यालय