पछिल्ला केही दिनमै गोलभेंडा र प्याजको मूल्य डेढ गुणा बढेको छ । बजारमा जुनसुकै तरकारी किलोको सयदेखि दुई सय रुपैयाँसम्म पुगिसकेको छ । स्याउ लगायतका फलफूलहरू पनि त्यति नै महँगिएका छन् । चाडबाडको मौका छोपी व्यापारी–व्यवसायीहरूले अचाक्ली मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने गरेका छन् ।