होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा गोलभेंडा फालेर विरोध गरेका किसानले उत्पादन तीन दिन बजारमा पठाएनन् ।