सरकारले सोधेको स्पष्टीकरण नदिने महाप्रबन्धक भट्टराईको घोषणा

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् । शून्य अवस्थामा रहेको रेलवे कम्पनीलाई सञ्चालन उन्मुख गराएको भन्दै उनले सरकारले सोधेको स्पष्टीकरण नदिने बरु राजीनामा दिने मनस्थिति बनाएका छन् । राजनीतिक स्पष्टीकरण सोधिएको भन्दै उनले आफू सरकारकै कर्मचारी भएकाले स्पष्टीकरण दिन नमिल्ने जिकिर गरे । सरकारले आफूलाई पदबाट हटाउन स्पष्टीकरणको बहाना बनाएको प्रतिक्रिया उनले दिए । मन्त्रिपरिषद्को १९ गतेको बैठकले पनि उनलाई ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड–२०७७’ को दफा ९ को खण्ड (घ) अनुसार खराब आचरण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी अनुरूप काम नगरेकोे आधारमा तपाईंलाई महाप्रबन्धक पदबाट किन नहटाउने ?’ भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आइतवार ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार उनले मंगलवार स्पष्टीकरण दिनुपर्नेमा सोमवार नै पत्रकार सम्मेलन गरी स्पष्टीकरण नदिने बताएका छन् । मन्त्रिपरिषद्ले सम्मानित अदालतका कामकारबाही र आदेश वा फैसलाहरूको अमर्यादित टीकाटिप्पणी गर्ने, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय गालीगलौजको शैलीमा टिप्पणी गर्ने गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोधेको हो । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त कम्पनीमा महाप्रबन्धकको रूपमा गतवर्ष नियुक्त गरेको थियो ।

सम्बन्धित सामग्री

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

सरकारले सोधेको स्पष्टीकरण नदिनेः महाप्रबन्धक भट्टराई

काठमाडौं, साउन २६ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् […]

सरकारलाई स्पष्टीकरण नदिने रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईको अडान

काठमाडौँ– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारलाई स्पष्टीकरण नदिने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने बताएका छन् । उनले सरकारले आफ्नो कार्य सम्पादनमाथि नभएर सामाजिक सञ्जालमा सरकारविरुद्ध लेखेको विषय उठाएर स्पष्टीकरण सोधेको बताएका छन् । भट्टराईले आफ्नो नेतृत्वमा कम्पनीले रेल सञ्चालनको वातावरण […]

भूमि समस्या समाधान आयोग खारेज, रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण

काठमाण्डाै – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले निहित स्वार्थका लागि प्रक्रिया नपुर्‍याइ आयोग गठन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको हो ।यस्तै सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ । पदीय आचरण विपरीतका काम गरेको भन्दै महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यस्तै सरकारले एसियाली विकास बैं...

सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण

सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो

नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ। आजको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। महाप्रबन्धक भट्टराईलाई आचरण विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले सोध्यो रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण*

सरकारले  रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय हो  ।सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।*यसअघि समाचारमा  रेल्वे कम्पनीका महाप्रबन्धक हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।