रेल्वे कम्पनीका महाप्रबन्धक हटाउने सरकारको तयारी, भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय

सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।  भट्टराईलाई ओली सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।  भट्टराई सामाजिक सञ्जालमा अशिष्ट रूपमा प्रस्तुत हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । सार्वजनिक रूपमा भट्टराईको आलोचना हुँदै आएको थियो । जनकपुर–जयनगर–कुर्था रेल सञ्चालनको लागि नेपाल रे...