पछिल्लो ६ महिनामा ३६२७ मुद्दा दर्ता, १९ करोडभन्दा बढी राजस्व संकलन

मोरङ – विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले गत ६ महिनामा १९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ६ महिनामा असुल–उपर गरेको जरिवाना, भन्सार चोरी निकासी नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन कारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक कारबाहीका क्रममा १९ करोड ८ लाख ५९ […]

सम्बन्धित सामग्री

जनकपुर भन्सारको राजस्व झन्डै २७ करोड

जनकपुरधाम। धनुषास्थित जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को माघ मसान्तसम्म २६ करोड ९३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ७ महीनाका लागि २९ करोड ८१ लाख ४९ हजार रुपैयाँको लक्ष्य पाएको छ । माघ मसान्तसम्मको संकलन लक्ष्यको ९० दशमलव ३३ प्रतिशत हो ।  कार्यालयले यस आवका लागि ५१ करोड ७५ लाख ९१ हजार रुपैयाँको लक्ष्य पाएको निमित्त कार्यालय प्रमुख राजेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार ७ महीनाको संकलन वार्षिक लक्ष्यको ५२ दशमलव शून्य ४४ प्रतिशत हो ।  यो भन्सारले गतवर्ष ४९ करोड ४४ लाख ५१ हजार रुपैयाँको लक्ष्य पाएकोमा ३२ करोड ९६ लाख २५ हजार मात्र राजस्व संकलन गरेको थियो । गतवर्षको संकलन वार्षिक लक्ष्यको ६६ दशमलव ६६ प्रतिशत हो । कार्यालयका अनुसार चोरी पैठारीका ४२४ मुद्दा दर्ता कार्यालयमा रहेकोमा हालसम्म ३३८ मुद्दाको फैसला भएको छ ।

५२ करोड राजस्व संकलन

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछर्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व संकलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण […]

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिंक, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चारओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गरेको पाइएका ६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।      जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।     एच आर ट्रेड लिंकलाई चामलका ८० बोरा नापजाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।       यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरीवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चारओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सबेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए । कार्यालयका प्रमुख मनीषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीका लागि मुद्दा दायर गरिएको बताए । कार्यालयले चालू आर्थिक वर्षको भदौ असोजमा जरीवानाबाट ४४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला अदालत बैतडीद्वारा ३७ लाखभन्दा बढी राजस्व उठाउन बाँकी

साउन  १५, बैतडी । जिल्ला अदालत बैतडीले गत आर्थिक वर्षमा जरिवाना बापतको ३७ लाख ४१ हजार ६८० रुपैयाँ राजस्व उठाउन सकेको छैन । जरिवानाको रकम गत आर्थिक वर्षमा ४५ लाख १३ हजार ९५५ रुपैयाँ थियो जसमध्ये ७ लाख ७२ हजार २७५ रुपैयाँ मात्र अदालतले उठाएको छ ।  गत आर्थिक वर्षमा जरिवना, अदालती शुल्क र अन्य शुल्क गरी विभिन्न शीर्षकको १० लाख ९६ हजार ८२ रुपैयाँ  राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको राजस्व जरीवनाबाट ७ लाख ७२ हजार २७५ अदालती शुल्कबाट २ लाख ६९ हजार चार रुपैयाँ र अन्य शुल्क ५४ हजार ८५३ रुपैयाँ संकलन गरेको छ ।  यसैगरी, अदालतले ४३ लाख ७४ हजार ५३१ रुपैयाँ धरौटी उठाएको छ भने ८९ हजार ७०० रुपैयाँ धरौटी फिर्ता गरेको जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक सिह बोहराले बताए । उनले भने ‘उपल्लो आर्थिक वर्षको २२ लाख ५ हजार ५४३ रुपैयाँ र गत आर्थिक वर्षको गरि जम्मा धरौटी ६५ लाख ८० हजार ७४ रुपैयाँ धरौटी भएको छ’ । गत आर्थिक वर्षमा २२४ मुद्दा दर्ता भए पनि १३० ओटा मुद्दा मात्र फैसला भएको अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । १४ लाख ७४ हजार ४०० रुपैयाँ क्षतीपूर्ती भराइ दिने भन्ने निवेदन दर्ता भए पनि ६ लाख ४५ हजार २००रुपैयाँ  मात्र क्षतीपूर्ती भराइएको अदालतले जानकारी दिएको छ ।

झापामा एक वर्षमा १३ हजारले लिए नागरिकता

साउन ८, झापा । झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।  तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अंगीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ अ‍ेटा संघसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईओटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।  उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकोमा दुईतिहाइभन्दा बढी २२४ ओटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रू. तीन करोड ४९ लाख ५५ हजार २५० राजस्व संकलन गरेको छ । रासस