जनकपुर भन्सारको राजस्व झन्डै २७ करोड

जनकपुरधाम। धनुषास्थित जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को माघ मसान्तसम्म २६ करोड ९३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले ७ महीनाका लागि २९ करोड ८१ लाख ४९ हजार रुपैयाँको लक्ष्य पाएको छ । माघ मसान्तसम्मको संकलन लक्ष्यको ९० दशमलव ३३ प्रतिशत हो ।  कार्यालयले यस आवका लागि ५१ करोड ७५ लाख ९१ हजार रुपैयाँको लक्ष्य पाएको निमित्त कार्यालय प्रमुख राजेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार ७ महीनाको संकलन वार्षिक लक्ष्यको ५२ दशमलव शून्य ४४ प्रतिशत हो ।  यो भन्सारले गतवर्ष ४९ करोड ४४ लाख ५१ हजार रुपैयाँको लक्ष्य पाएकोमा ३२ करोड ९६ लाख २५ हजार मात्र राजस्व संकलन गरेको थियो । गतवर्षको संकलन वार्षिक लक्ष्यको ६६ दशमलव ६६ प्रतिशत हो । कार्यालयका अनुसार चोरी पैठारीका ४२४ मुद्दा दर्ता कार्यालयमा रहेकोमा हालसम्म ३३८ मुद्दाको फैसला भएको छ ।   

सम्बन्धित सामग्री

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

साउनमा ४४ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो एक महिना अर्थात साउनमा ४४ करोड ५३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयको ४० करोड ४० लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि साउनमा ११०.२२ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।कार्यालयले लक्ष्य […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

चार अर्ब १७ करोड राजस्व सङ्कलन

बनियानी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । आव २०७८/७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख […]

कर्णाली प्रदेशमा जडिबुटीबाट तीन करोड भन्दा बढी राजस्व

सुर्खेत  : जडिबुटीको भण्डारका रूपमा रहेको कर्णालीमा तीन करोड भन्दा बढी राजस्व संकलन भएको छ।प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८÷०७९ मा जडिबुटीतर्फ राजस्व संकलनमार्फत कुल ३ करोड ३६ लाख नौ हजार ५८८ रुपैयाँ राजस्व संकलन गरेको हो।वन क्षेत्रका काठ–दाउरा बिक्री मार्फत दुई करोड ११ लाख १८ हजार ८०७ रुपैयाँ राजस्व आम्दानी गरी कुल पाँच करोड ४७ लाख २८ हजार तीन सय ९५ रुपैयाँ राजस्व आम्दानी गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।कर्णालीमा ७

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ […]

स्याङ्जामा ४८ करोड राजस्व संकलन

स्याङ्जा-संघीय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ सुरु भएको १ सय १५ दिनमा सो राजस्व संकलन भएको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गतेदेखि कात्तिक २३ गतेसम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैयाँ राजस्व […]

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब

लक्ष्यभन्दा आठ करोड बढी राजस्व संकलन

विराटनगर : आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयको  आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजस्व संलन गर्ने लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा संकलित राजस्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ