उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिंक, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चारओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गरेको पाइएका ६ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।      जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।     एच आर ट्रेड लिंकलाई चामलका ८० बोरा नापजाँचका क्रममा औसत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरीवाना माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।       यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरीवाना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरीवानाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चारओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सबेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए । कार्यालयका प्रमुख मनीषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीका लागि मुद्दा दायर गरिएको बताए । कार्यालयले चालू आर्थिक वर्षको भदौ असोजमा जरीवानाबाट ४४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

सम्बन्धित सामग्री

‘उपभोक्तालाई ठगी गरे कारबाहीमा परिएला’

तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको […]

उपभोक्ता ठगी गर्ने ६ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता

कात्तिक २८,  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ओटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।            कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार ओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।            जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।            एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।            यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र  १० हजार रुपैयाँ जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।        यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।            उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चार ओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।            कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । उक्त कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महीनामा जरिवानाबाट ४४ लाख २२ हजार १८३ रुपैयाँ राजस्वसमेत संकलन गरेको छ ।