नेपाल विद्युत प्राधिकरण हिउँद सकिएर गर्मी याम सुरु हुनै लाग्दा विद्युत बचतको उपाय खोजीमा लागेको छ। उर्जा बचत गर्न प्राधिकरणले कम विद्युत खपत गर्ने सिलिङ पंखा र पानी तान्ने मोटर उत्पादक तथा वितरक कम्पनीलाई ती वस्तु बेच्न स्थान उपलब्ध गराउने भएको छ। ती वस्तु विक्रीका लागि प्राधिकरणले देशभरीका शाखामा स्थान उपलब्ध गराउने भएको हो। प्राधिकरणले…