माघ १२, काठमाडौं । लामो समयको प्रतिक्षापछि भारतीय अटो बजारमा टर्क मोटर्सले आफ्नो पहिलो ईलेक्ट्रिक मोटरसाईकल टर्क क्रेटोस सार्वजनिक गर्ने भएको छ ।
भारतको ७३ औं स्वतन्त्रता दिवस पारेर कम्पनीले आफ्नो महत्वकांक्षी उत्पादन टर्क क्रेटोस सार्वजनिक गर्न लागेको हो । कम्पनीले मेड ईन ईण्डियालाई जोडदिने उद्देश्यले स्वतन्त्रता दिवसको दिनै सार्वजनिक गर्न लागेको बताएको छ । यसअघि ओला ईलेक्ट्रिक तथा सिम्पल ईनर्जीले गत वर्षको स्वतन्त्र दिवस पारेर आफ्नो इलेक्ट्रिक स्कुटरको लञ्च गरेका थिए ।
टर्क मोटर्सले २०१६ मा आफ्नो टि–सिक्स एक्स इलेक्ट्रिक मोटरसाईकलको प्रदर्शन गरेको थियो । जसको मुल्य १ लाख २५ हजार भारतीय रुपैयाँ कायम गरेको थियो ।
तर यो मोटरसाईकल ठूलो मात्रामा उत्पादन गर्ने अवस्थामा भने पुगेन । तर ५ वर्षपछि फेरी टर्कले बाईकको स्टाईलको साथ साथै यसको फ्रेम अथवा पावरट्रेनमा महत्वपूर्ण संशोधन गरिएको कम्पनीले दावी गरेको छ । कम्पनीको अनुसार यो क्रेटोसमा एलईडी हेड र टेल लाईटस् मा एक नयाँ स्प्लिट सीट साथ उन्नत एर्गोनामिक्स हुनेछ ।
क्रेटोस, टार्कका लागि आइपी–६७ रेटेड लिथियम आयन ब्याट्रि प्याक, एक उन्नत एक्सियल फ्लक्स मोटर (९६ प्रतिशत रेटिङसहित), फास्ट चार्जिङ क्षमता र फोरजी कनेक्टिभिटीको साथ उपलब्ध हुनेछ । तर कम्पनीले स्पेसीफिकेसनको बारेमा स्पस्ट भने पारेको छैन ।
तर बुझ्नमा आए अनुसार क्रेटोसको एक पटकको फुल चार्जमा १०० किलोमिटर भन्दा बढि दूरी पार गर्ने बताइएको छ ।
यसमा टर्क इनट्यूटिव रेस्पोन्स रिपरेटिङ सिस्टम (टिआरआईओएस) का साथ उपलब्ध हुने टर्कले पहिले पनि पुष्टि गरिसकेको छ । जुन हरेक सवारीसाधनमा क्षमता विश्लेषण, रियल टाईम बिजुली खपत, डाटा संकलन र पूर्वानुमानसँग सबन्धित छ ।
टर्क क्रेटोसको मूल्य एक्स–शोरुम, एफएएमई (२ सब्सिडीसहित) लगभग १ लाख ३० हजारदेखि ४० हजारसम्म हुन सक्ने बताइएको छ । यसले भारतीय बजारमा रिभोल्ट आरभि ४०० लाई टक्कर दिने बताइएको छ । बाईकको लागि प्रि–बुकिङ २६ जनवरीबाट शुरु हुने तथा यसको डेलिभरी भने मार्चको अन्त्यसम्म शुरु हुने विश्वास कम्पनीले लिएको छ ।