बाढीले पुर्‍याएको क्षतिबारे संसद्लाई जानकारी, तत्काल उद्धारमा लाग्न सरकारसँग आग्रह

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्य दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्न सरकारसमक्ष आग्रह गरेका छन् । सभाको आजको बैठकको शुरुमै समय माग गरी उनले भने, 'खास गरी सङ्खुवासभामा अहिले सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, ३ जना फेला परेको र १ जना मृत फेला परेको, ३ जना घाइते भएको जानकारी आएको छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको छ, उद्धारमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरु सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ ।' उनले सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन ओटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको संसद्मा जानकारी गराए । उक्त घटनाका कारण खर्बौं रुपैयाँको क्षति अएको अनुमान गरिएको उनको भनाइ छ । बगरमा रहेका सम्पूर्ण बाली नष्ट भएको र ११ ओटा घर बगाउँदा गाउँ विस्थापित भएको उनले जानकारी गराए ।  सङ्खुवासभालगायत क्षतिग्रस्त जिल्लामा सरकारले तत्काल उद्धार राहत र सहयोग पुर्‍याउन उनले माग गरे । सांसद खड्काले आफूहरुले आजै बिहान प्रधानमन्त्रीलाई भेटेर राहतका लागि अनुरोध गरेको बताउँदै उनले भने, 'पहाडी इलाकाका सुरक्षाकर्मीले मात्रै त्यस क्षेत्रमा भएको क्षतिलाई उद्धार गर्न नसक्ने भएका कारण सभामुखमार्फत सरकारसमक्ष जतिसक्दो चाँडो उद्धार कार्यमा लाग्न र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति राहात र उद्धार गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।' 

सम्बन्धित सामग्री

२० वर्षदेखि युएईको जेलमा अमर बम, रिहाइको पहल गरिदिन सरकारसँग आग्रह

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुग्नुभएका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम […]

सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह

काठमाडौँ,४ कार्तिक । मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले आयोगका सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । आयोगले सरकारलाई कार्यान्वयनका लागि गरेका सिफारिसमध्ये १५ प्रतिशत मात्र कार्यान्वयन भएको र अरु कार्यान्वयनका लागि उनले आग्रह गरेको हो । आयोगले २० वर्षे कार्यकालमा १३ हजार एक सय आठ उजुरी परेका थिए । तीमध्ये […]

टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  यथाशिघ्र कानुन संशोधन गरि टिकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेकाे बैठकले सो माग गरेकाे हो२०७९ भाद्र ३० गते सरकारद्वारा टिकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरी लगायतका आन्दोलनकारीहरुलाई मुद्दा खारेज गरी रिहाई गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको पार्टीले ठहर गर्दै पार्टीले शुरु देखि नै टिकापुर, महोत्तरी लगायतका देशभरीका विभिन्न ठा

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

काठमाडौँ,१८ साउन । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । “हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उनले भने,“तर सङ्घीय सरकारले कुनै […]

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

जनकपुरधाम । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।

प्रहरी समायोजन गर्न संघीय सरकारसँग मधेस प्रदेशको आग्रह

जनकपुरधाम – मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ’, उनले भने, ‘तर सङ्घीय सरकारले कुनै […]

बेमौसमी विपत्तिमा सरकारसँग आग्रह

एक जना उर्लाबारीका आफन्त दाजुसँग भिडियो कुराकानी भयो । मैले भनेँ, “यहाँ त आज (बिहीबार) घाम देख्न पाइयो । सायद पानी पर्न रोकिएजस्तो छ ।” उहाँले भन्नुभयो, “हाम्रोतिर अहिलेसम्म पानी रोकिने छाँटकाँटै देखिँदैन । खेतमा त धानका बालामाथिबाट पानी बगेको छ । मेची राजमार्ग पनि बन्द छ रे । जताततै बाटो भत्किएकाले म अफिस जान […]

अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह

वैशाख २४, ललितपुर । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।  अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिए । ‘हाल अक्सिजनका कारण अस्पतालमा कारोना संक्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने’, उनले भने । उनका अनुसार हाल अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ ।  अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ । रासस

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो – एमसीसीबारे सदनमा छलफल गरौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं...