प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।
‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं...