प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरणप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेपाल र रावलको स्पष्टीकरण कारवाहीको भागीदार हुन योग्य रहेको बताएका हुन् ।
‘दुईजना नेताको स्पष्टीकरण प्राप्त भएको छ । त्यो अत्यन्त नकारात्मक ढंगले आएकाले कारवाहीको भागीदार हुन योग्य छ, बाँकी दुई जनाको स्पष्टीकरण सकारात्मक कोणबाट आओस् भन्ने चाहन्छु,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विश...