प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गर्ने हो भने यसको चुनाव आउन अझै एक वर्ष बाँकी छ । नेपालको संविधानअनुसार, संघीय र प्रादेशिक संसदको कार्यकाल पाँच वर्षको हुन्छ । त्यसअनुसार, २०७८ को मंसिर १० सम्म संसद्को कार्यकाल छ ।
२०७४ मंसिर १० र २१ मा गरेर दुई चरणमा प्रदेश र संघीय संसदको निर्वाचन भएको थियो । यसको अर्थ प्रदेश र संघीय संसदको चुनाव आउन अझै पूरापूर एक वर्षभन्दा बढी समय बाँकी छ ।
स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचन २०७४ बैशाख ३१ मा भएको थियो । संविधानको धारा २२५ मा गा...