यसपटकको स्थानीय तहको निर्वाचन सकिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाद्वारा जारी संविधान अन्तर्गत भएको तेस्रो निर्वाचन भए पनि स्थानीय तहको दोस्रो निर्वाचन हो।संविधानत: देशभरका ७५३ तह भनिए पनि यिनको अधिकार गठन र कार्यविधि हेर्दा आफ्नो क्षेत्रभित्र संघीय सरकार सरह काम गर्न यी स्वतन्त्र छन्।यिनीहरूले आफैँ कानून बनाउँछन्। आफैँ योजना बनाउँछन्। आफैँ बजेट बनाउँछन्। आफै कार्यान्वयन गर्छन्। प्रस्तावित बजेट र कानुनमाथि यथोचित छलफल गर्छन् र पारित गर्छन्। अधिकार सम्पन्