अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार छन् । यो सूची ७६ वर्षअघिदेखिको हो । २००२ माघ २३ मा चोरीडकैती मुद्दामा स्थानीय दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनीहरू अझैसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरूको मृत्यु भए–नभएकोबारे समेत जिल्ला अदालत जानकार छैन ।